काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।