फाइल तस्वीर
काठमाडौं – जिम्बावले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । यी दुवै टिमबीच अहिले जारी अन्तिम खेलमा जिम्बावेले नेपाललाई १३७ रनको लक्ष्य दिएको हो ।

जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाल सामु उक्त लक्ष्य पेस गरेको हो । टस जितेर फिल्डिङ रोजेको नेपालका सामु चांैथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए ।

कियालाई रोहित पौडेलले २० औ ओभरमा रन आउट गराएका हुन् । ओपनर ब्याटरद्वय इनोसेन्ट काय र तडिवान्से मरुमानिले क्रमशः १४ र २७ रन बनाए । अर्का ब्याटर ल्युक जङ्ग्वेले २२ रन बनाउँदा जिम्बावे टिमका कप्तान टोनी म्युनोङ्गा भने २ रनमै आउट हुन पुगे । नेपालले अहिले व्याटिङ्ग सुरु गरेको छ ।