काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो मङ्गलबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार दुई सय ९० रुपैयाँमा नै कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।