चितवन – भरतपुरमा सत्ता गठबन्धनले पर्सि अर्थात आगामी बिहीबार चुनावीसभा गर्ने भएका छन् । वैशाख २२ मा चुनावी सभा गर्न लागिएको मेयर उम्मेदवार रेनु दाहालको सचिवालयले जनाएको छ ।

यहाँ मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेता दाहाल मेयर उम्मेदवार छिन् भने नेपाली काङ्ग्रेसबाट उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार छन् । चुनावी सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने तयारी छ ।

यस्तै काङ्ग्रेस नेता समेत रहनुभएका सत्ता गठबन्धनका चुनावी तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्न खबर गरिएको बताइएको छ ।