काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनामा नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट कोरोना भाइरसको सङ्क्रमणलाई जितेर २३ जना डिस्चार्ज भएका छन् । हाल देशभर २ सय १७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । हाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।