काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय कायम भएको छ । हिजो आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।