प्रतिकात्मक तस्वीर

पोखरा – कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो।

ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करले छोरी सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाबु जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन्। उनीहरूले कारका फरार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।