फाइल तस्वीर
झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् । चुनावी अभियानमा गृह जिल्ला झापा पुगेका अध्यक्ष लिङ्देनले कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्ने क्रममा यस्ता धारणा व्यक्र गरेका हुन् ।

अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा विजय हासिल गरेको राप्रपाले यसपटकको स्थानीय तह निर्वाचनमा आफूहरु एक्लै चुनाव लडेर परिणाम दोहो¥याउने अध्यक्ष लिङ्देनको दाबी छ । त्यहाँ नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच तालमेल हुँदैछ ।

चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिलाई पेसाको रुपमा नभई सेवाको भावनाबाट विकास गर्न आवश्यक रहेकोे बताएका छन् । भ्रष्टाचार गर्नेहरुलाई राप्रपामा स्थान नभएको बताउँदै अध्यक्ष लिङ्देनले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारवाही गर्ने दावी समेत गरेका छन् । चुनावी अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ‘हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने कारबाही गर्छौं, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौं । ‘राप्रपा मन, वचन र कर्मले सुशासनप्रति प्रतिबद्ध छ’ भन्दै राप्रपालाई मत दिन आग्रह गरेका छन् ।