किभ – रुसी आक्रमणको शिकार बन्दै आएको यूक्रेनको युद्धग्रस्त शहर मारिपोलमा भवनमुनिको बङ्करमा फसेका नागरिकहरुको उद्धार गरिएको छ । यूक्रेनी र रुसी दुवै सैनिकको कब्जामा रहेको मारिपोल युद्धको महत्वपूर्ण क्षेत्र ‘अजोन्वस्टल स्लिलवक्र्स’ क्षेत्रलाई पनि नागरिकहरुले छोडेका छन् । यो ठाउँमा पछिल्लो समय यूक्रेनी सेनाको पकड रहेको छ ।

मारिपोलमा बङ्करबाट बाहिर निस्किएकी ६ सन्तानकी आमाले २ महिनापछि बाहिर निस्किएको बताएकी छन् । ‘मलाई बङ्कर अब कहिले पनि नखुलिने डर थियो ।’ बङ्करबाट बाहिर निस्किएकी ३७ वर्षकी एक महिलाले भनिन्, ‘जब भवन भत्किदाँ बङ्करमा कम्पन आएको थियो, म धेरै नै अत्तालिएकी थिए । मलाई बङ्करपनि ध्वस्त हुने डर लागेको थियो । हामीले घाम नदेखेको थुप्रै भएको थियो ।’

संयुक्त राष्ट्रसंघका अनुसार अझैपनि सयौंको सङ्ख्यामा नागरिकहरु बङ्करमा फसेका छन् । यूक्रेनका एक सुरक्षा गार्डलाई उद्धृत गर्दै अझै दुई ओटा बङ्करमा धेरै नागरिकहरु फसेको समाचारमा जनाइएको छ । ति सुरक्षा गार्डले बङ्करमा फसेका यूक्रेनीहरुले के कस्तो समस्या भोगिरहेका छन्, त्यो कसैले कल्पना गर्न नसक्ने बताएका छन् ।

संयुक्त राष्टसङ्घले युद्धग्रस्त क्षेत्रमा फसेका नागरिकलाई निकाल्ने काम शनिबारदेखि शुरु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घद्वारा उद्धार गरिएका नागरिकहरुलाई कता राखिएको छ भन्ने बारेमा खुलाइएको छैन ।