काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको मूल्याङ्कन फाराम सात दिनभित्र पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

केही समन्वय इकाइहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको भन्दै केन्द्रले यस्तो निर्देशन दिएको हो ।

केन्द्रले एक सूचना जारी गर्दै शिक्षक सेवा आयोगबाट शिक्षक छनोट तथा बढुवाको कार्य भइरहेकोले शिक्षकहरूको नियमानुसार भएको कार्यसम्पादन मूल्याङ्कन फाराम सात दिनभित्र बुझाउन निर्देशन दिएको हो ।