भारत – भारतमा कोरोनाभाइरसले फेरि महामारीको रुप लिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समसामयिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३ सय ७७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट २ हजार ४ सय ९६ बिरामी निको पनि भएका छन् भने ६० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७ सय ५३ पुगेको छ र सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १७ हजार ८ सय १ जना पुगेको छ ।