काठमाडौं – काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका,१५ तिनथानास्थित ३७ वर्षीय शिवहरि राउतको घरबाट तास खेलिरहेको अवस्थामा शिवहरिसहित ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई तास खेल्दै गरेको अवस्थामा नगद ८३ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।