काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी र आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) बीच आज दिउँसो एकता हुने भएको छ ।

नेकपा (एमाले) का पुर्व वरिष्ठनेता माधवकुमार नेपाल अध्यक्ष रहनुभएको समाजवादीपार्टीले रायमाझी नेतृत्वको पार्टीसँगै आजनै चुनावी घोषणासभा कार्यक्रम समेत गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । कार्यक्रम एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा दिउँसो १ः०० बजे हुने जनाएको छ । (गोरखापत्र दैनिकबाट)