काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए ।

हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए । शुभमन गिलले २२ रन बनाए । यस्तै डेभिड मिलरले १७ रन योगदान गरे । राशिद खानले ११ बलमा ३१ रन र राहुल टेविटियाले २१ बलमा ४० रन बनाए । दुवै खेलाडीले छैटौं विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे । हैदरावादको तर्फबाट उमराम मलिकको बलिङ उत्कृष्ट रह्यो । उनी एक्लैले गुजरातका आधा खेलाडीलाई पवेलियन फर्काइदिए । २५ रन दिएर ५ विकेट लिएका उनी म्यान अफ द म्याच चुनिए ।

यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो । हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए । यस्तै एडेन माक्ररमले ५६ रनको योगदान गरे । गुजरातका मोहम्मद शामीले ३ विकेट लिए । जितपछि गुजरात ८ खेलबाट १४ अङ्क जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलबाट १२ अङक जोडेर दोस्रो स्थानमा छ ।