चितवन – चितवनको भरतपुरस्थित कमलनगर चोकको चारतले घरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा गएराति आगो लागेको हो । गएरातिदेखि लागेको सो आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउने काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ । आगलागीबाट पाँचभन्दा बढी पसलमा क्षति पुगेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।