प्रतिकात्मक तस्वीर

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका–१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापा लगायत ३ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।

उक्त होटलमा चितुवाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।