काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १ सय १९ जनाको पीसीआर विधिबाट र १ हजार ७ सय ७२ जनाको एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणबाट ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २ सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।