काठमाडौं – साताको दोस्रो दिन आज सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६ दशमलव ०१ मा झरेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ६ दशमलव १९ अङ्कले ओरालो लागेर ४५४ दशमलव ६९ मा झरेको छ । कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर रु दुई अर्ब चार करोड २२ लख ५३ हजार १८२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ४ दशमलव ०४ र सामूहिक लगानी कोष ० दशमलव १३ अङ्कले उकालो लागेको छ । बैंकिङ १६ दशमलव ५, व्यापार ९ दशमलव ०९, विकास बैंक ८६ दशमलव ८७, जलविद्युत् ५१ दशमलव ९१, वित्त २६ दशमलव ६१, निर्जीवन बीमा १५० दशमलव ०९, उत्पादन ५४ दशमलव २५, अन्य ४२ दशमलव ४१, लघुवित्त ७६ दशमलव ८६, जीवन बीमा १९९ दशमलव ३१ र लगानी १ दशमलव ५८ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९४ अर्ब नौ करोड ५१ लाख ६७ हजार ६२ बराबर पुगेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ११ लाख ९१ हजार ८२४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु छ करोड ६२ लाख आठ हजार १६४, हिमालयन डिस्टिलरी रु छ करोड ४३ लाख २४ हजार ३९४, अपी पावर कम्पनी रु पाँच करोड ६८ लाख १५ हजार ८३० र एनआइसि एशिया बैंक रु पाँच करोड ३८ लाख ६७ हजार ६६३ बबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्त ९ दशमलव ९९, सिद्धार्थ इक्विटी फण्ड ४, एनआइबिएल प्रगति फण्ड ३ दशमलव ७१, आरबीबी म्युचुअल फण्ड एक ३ दशमलव ७०, सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ दशमलव ५६ प्रतिशतले कमाए । सेन्ट्रल फाइनान्स ५ दशमलव ३३, रसुवागढी हाइड्रोपावर ४ दशमलव ८०, न्यादी हाइड्रोपावर ४ दशमलव ७२, सामलिङ पावर कम्पनी ४ दशमलव ४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४ दशमलव ३४ प्रतिशतले गुमाए ।