फाइल तस्वीर

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप हुँदा तनावपूर्ण स्थिती सिर्जना भएको छ ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा झडपको स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन समेत गरिएको छ ।

सिन्धुपाल्चोकको चौतारामा भएको झडप नियन्त्रणका लागि केही राउण्ड अश्रु ग्याँस पनि प्रहार गरिएको छ भने नगरपालिकामा तोडफोड समेत गरिएको जनाइएको छ ।