काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ४२ जनाको पीसीआर विधिबाट र १ हजार १ सय ३३ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा कूल २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने सोही अवधिमा १७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोनाबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाइसकेका छन् । हाल देशभर २ सय ७१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।