अफगानिस्तानका कार्यकारी रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब, फाइल तस्वीर
काबुल – पाकिस्तानमाथि अफगानिस्तानको कुनार र खोस्त प्रान्तमा बमबारी गरेको आरोप लागेको छ । सोही विषयलाई लिएर अफगानिस्तानका कार्यकारी रक्षामन्त्री मुल्लाह मोहम्मद याकूबले आइतबार पाकिस्तानलाई चेतावनी दिएका छन् । उनले तालिबान प्रशासन आफ्ना छिमेकी देशको हमलालाई नसहने स्पष्ट पारेका छन् ।

यो बयान यस्तो समय आएको हो जब केही दिनअघि मात्रै तालिबानले पाकिस्तानमाथि अफगानिस्तानमा बमबारी गरेको आरोप लगाउँदै विरोध जनाएको थियो । पाकिस्तानले अफगानिस्तानको कुनार र खोस्त प्रान्तमा बमबारी गरेको जसमा दर्जनौंकंो ज्यान गएको तालिबान प्रशासनले दाबी गरेको छ ।

अफगानिस्तननका कार्यकारी रक्षामन्त्री मुल्लाह मोहम्मद याकूबले काबुलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै ‘हामी दुनियाँ र छिमेकी मुलुक दुबै तर्फबाट चुनौती र समस्याको सामना गरिरहेका छौं । यसको स्पष्ट उदाहरण कुनारमा उनीहरुको तर्फबाट गरिएको हमला हो ।’ रक्षामन्त्री याकुबले भने ‘हामी यस्तो खालको हमला सहन सक्दैनौँ र हामीले यसपटक राष्ट्रिय हितलाई ध्यानमा राख्दै हमला सहेका छौँ । अर्को पटक सायद हामी सहन सक्दैनौं ।’

अन्तराष्टिङ समाचार एजेन्सी रोयटर्सका अनुसार जब पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता याकूबको बयानमाथि जवाफ मागियो तब उनले भने, ‘पाकिस्तान र अफगानिस्तान दुबै मित्र राष्ट्र हुन् । दुई देशको सरकार र जनता आतङ्कवादलाई गम्भीर खतरा मान्छौं र लामो समयदेखि योसँग जुधिरहेका छौं । त्यसैले दुवै देशले आतङ्कवादको खतरासँग जुध्नका लागि मिलेर काम गर्न आवश्यक छ ।’ न्यूज एजेन्सी