साङ्केतिक तस्वीर

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आइतबार तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, शुक्लागण्डकी नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील विक र शुक्लागण्डकी नगरपालिका–३ बस्ने ४७ वर्षीय होमबहादुर विक रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

ढुङ्गानाको शव शनिबार शुक्लागण्डकी नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा भेटिएको थियो । शुक्रबारदेखि हराएका उनको खोज कार्यका लागि प्रहरीले प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकालाई आजै तनहुँ जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरिएको छ ।रासस