काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर एक लाख ५ सयमा कारोबार भइरहेको छ ।

यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ । त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।