काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय महिला ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी ३५ वर्षीया कपुटुला अविर्साग रहेकी छन् ।

कपुटला कतार एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण गरेकी थिइन् । उनलाई वैशाख ३ गते र लाल्नुपुईलाई वैशाख ४ गते पक्राउ गरिएको हो । तर, अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक भने गरिएको थिएन । उनीहरूलाई आज सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको जनाइएको छ ।

उच्च प्रहरी अधिकारीका अनुसार भारतीय महिला लाजिम्पाट क्षेत्रको एक होटेलमा बस्दै आएकी थिइन् । उनी कोकिन ‘रिसिभ’ गर्न विमानस्थल पुगेकी थिइन् । बरामद भएको कोकिन सर्वाधिक महँगो लागुऔषधमध्ये एक हो । जसको बजार मूल्य नेपाली रुपैयाँ सात करोड हाराहारी पर्ने प्रहरी अधिकारीले बताएका छन् ।