काठमाडौं – मधेश प्रदेशकी सांसद तथा पूर्वमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज आइतबार बिहान निधन भएको हो ।

सांसद झाको रानीवारीस्थित आफ्नै घरमा मृत्यु भएको हो । उहाँ लोसपा नेता अनिल कुमार झाकी श्रीमती हुनुहुन्छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको झा यसअघि मधेश प्रदेशको भौतिक पूर्वाधार तथा यातायात विकास राज्यमन्त्री हुनुहुन्थ्यो ।