मकवानपुर – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ भने थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै बागमती गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र उपाध्यक्षमा धनमाया स्याङतान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे र उपाध्यक्ष लालबहादुर स्याङतान, मकवानपुरगढी गाउँपालिका अध्यक्षमा विदुर हुमागाईं र उपाध्यक्ष सन्तु थिङलाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती राना, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी र उपाध्यक्ष उमा लामालाई उम्मेदवार बनाउने भएको छ । कैलाश गाउँपालिका अध्यक्ष नरेन्द्रलाल रिजाल र उपाध्यक्ष सुकुमाया थिङ, राक्सिराङ गाउँपालिका अध्यक्ष बाबुलाल स्याङतान र उपाध्यक्ष सुन्तलीमाया प्रजा, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष सुजिता थिङलाई उम्मेदवार बनाउने भएको छ ।