एजेन्सी – जम्मू–काश्मीरमा सुरक्षा फौज र ससस्त्र समूहबीच भिडन्त हुँदा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य चार सुरक्षाकर्मी घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मुठभेड जम्मूको सन्जुवान क्षेत्रमा भएको हो । भिडन्त अहिले पनि जारी रहेको बताइएको छ ।