काठमाडौं – सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई ‘सानिमा डबल धमाका मुद्दती खाता’ सार्वजनिक गरेको छ । व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु। ५००,००० को मुद्दती खोल्न सक्नेछन् ।

ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिने बैंकको भनाइ छ । प्रतिफलमा लाग्ने कर रकम भने ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ ।

व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ । यस्तै ग्राहकले रु. २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् ।

यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरु समेत खोल्न सकिने बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए।टि।एम। सञ्चालनमा रहेका छन् ।