काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलामा १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।