काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले आजदेखि सातौँ कृषि गणना सुरु गर्दैछ । देशभरका ७ सय ५३ वटै पालिकामा सुरु हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तीन लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभएको छ ।

तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएको छ । पशुपक्षीको तथ्याङ्क, बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन हुनेछ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिनेछ ।

कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेका छन् । यसअघि २०६८ मा कृषि गणना भएको थियो ।