काठमाडौं – तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा रहेका छन् ।

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ । उनीहरु दुवैलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट घुससहित रङ्गेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।