काठमाडौं – यस वर्षको अन्तिम आज बुधबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ६ सय रुपैयाँले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । हिजो एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।