सिन्धुपाल्चोक – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका लागि प्रमुख र उपप्रमुखमा तीन–तीन जनाको सिफारिस गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा नाम सिफारिस गरेको हो ।

मेयरका लागि चन्द्रबहादुर थापा, उद्यन आलेमगर र देवेन्द्र घोरासैनी सिफारिस हुनुभएको छ भने उपप्रमुखमा लक्ष्मी बस्नेत, मिथिला सिग्देल र मुना ढकालको नाम सिफारिस भएको छ ।