काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय निर्धारण भएको जनाएको छ । चाँदीको मूल्य पनि १५ रुपैयाँले वृद्धि भएर आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।