धनुषा – भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।

झाले जग्गासम्बन्धी हक साफी मुद्दाको फैसला सुनाए बापत सेवाग्राहीसँग पाँच लाख मागेको सूचना एवं उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले घुस रकमसहित भानुचोक जनकपुरबाट सोमबार बिहान सवा ८ बजे नियन्त्रणमा लिएको जनाएको छ ।

उहाँलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान सुरु गरेको छ ।