विजय सुवेदी फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर महानगर पालिका र ललितपुर महानगरपालिकाको मेयरको उमेदवारका छनोट गरेको छ । एमालेको दुवै महानगर कमिटीले मेयरको उम्मेदवार छनोट गरेको हो ।

भरतपुर नगरपालिकामा बागमती प्रदेशका सांसद विजय सुवेदी र ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारलाई सिफारिस भएका छन् । सुवेदी एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्री भएका थिए ।

हरिकृष्ण व्यञ्जनकार,फाइल तस्वीर

अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पुत्री रेणु दाहालसँग पराजित भएका थिए भने ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकार नै नेपाली काङ्ग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका थिए ।