काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ८ सय जनाको पीसीआर विधि र ९ सय ४० जनाको एन्टिजेन परीक्षण विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा जम्मा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कुनैपनि सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज आइतबार ४८ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयले जनाए अनुसार हाल देशभर ५ सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा अहिलेसम्म कुल ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।