फाइल तस्वीर
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को महाप्रवन्धकमा वृत्तान्त खनाल नियुक्त हुनुभएको छ । लाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको छ। आइतबार क्यानको बैठकले खनाललाई महाप्रबन्धकको जिम्मेवारी सुम्पिएको हो ।

क्यानका लागि नवनियुक्त महाप्रवन्धक खनालले १६ अप्रिलबाट आफ्नो जिम्मेवारी सम्हाल्नु हुनेछ । यसअघि क्यानले महाप्रवन्धकका लागि दरखास्त आह्वान गरेको थियो । क्यानको महाप्रवन्धक पदका लागि ३४ जनाले आवेदन दिएका थिए । जसमध्ये क्यानले पहिलो चरणमा १४ जनालाई र यसमध्ये पनि नौ जनालाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ(क्यान) को निलम्बन फुकुवा गरेपछि क्यान कर्मचारी भर्ना गर्ने अवस्थामा पुगेको छ । चरम विवादमा मुछिंदै आएको क्यानले निलम्बन फुकुवा पछि कस्तो गति लिन्छ, त्यो भने समयले बताउने छ ।