फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज आइतबार पत्रकार सम्मेलन गर्न लागेको छ । एमालेले देशको आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।

एमालेले तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा मध्यान्न साढे १२ बजे पत्रकार सम्मेलन गर्न लागिको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी हुन् ।

शुक्रकारमात्रै सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो । गभर्नर अधिकारीको निलिम्बन पछि यसले नेपाली राजनीतिलाई तरङ्गित बनाएको छ । सोही सेरोफेरोमा एमालेले पूर्वअर्थमन्त्रीहरुको रोहवरमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो शनिबार वर्तमान सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर ‘बलिको बोको’ बनाएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । सरकारको आलोचना गर्नेक्रममा अध्यक्ष ओलीले अर्थमन्त्रीको यो निर्णय निन्दनीय भएको टिप्पणी गरेका थिए । अधिकारीलाई एमालेले नेपाल राष्ट्र बैंकको गर्भनर पदमा नियुक्त गरेको थियो । गभर्नर अधिकारी एमाले निकट मानिन्छन् ।