फाइल तस्वीर
लाहोर — पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदच्युत भएका छन् । प्रधानमन्त्री खानले संसद् विघटन गरेपछि त्यसविरुद्धको मुद्दालाई त्यहाँको अदालतले उल्ट्याइदिए पछि पुनस्थापना भएको संसदले बहमतबाट खानलाई प्रधानमन्त्रीबाट हटाइदिएको हो ।

इमरान खान प्रधानमन्त्रीबाट हटेसँगै पाकिस्तानको नयाँ प्रधानमन्त्रीको हुने भन्ने अन्योल बढेको छ । तर पाकिस्तानी मिडियाहरुले भने पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गरेका छन् । प्राप्त समाचारमा जनाइए अनुसार भोलि सोमबारसम्ममा शहबाजलाई संसदले नयाँ प्रधानमन्त्री चुन्ने बताइएको छ ।

सन् २०१८ मा भएको चुनावमा सबैभन्दा धेरै सिट इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले जितेको थियो । त्यसपछि पाकिस्तानी क्रिकेटर इमरान खान देशको प्रधानमन्त्री बन्न पुगेका थिए । बने ।

सोही चुनावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरिफलाई पार्टीले प्रधानमन्त्रीको रुपमा उभ्याएको थियो । पाकिस्तान मुस्लिम लिग–नवाज शहबाज शरीफ भने विपक्षी दलको नेता बने । अहिले पाकिस्तानको नेतृत्व शहबाज शरिफको पोल्टामा जाने देखिएको छ ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहवाज शरिफ पाकिस्कानका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ हुन् । उनी सन् २०२० को सेप्टेम्बरमा शहबाज शरीफ पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । सन् २०२१ को अप्रिलमा लाहोर हाईकोर्टले उनलाई धरौटीमा रिहा गरेको थियो ।

शहबाज शरीफ १३ अगष्ट सन् २०१८ देखि नेशनल एसेम्बलीको सदस्य छन् । उनी विपक्षी दलको नेता पनि हुन् । यसअघि शहवाज शरीफ तीन पटक पन्जाब प्रान्तको मुख्यमन्त्री बनेका थिए । पन्जाब प्रान्तको सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेका उनी हाल पीएमएल–एनको अध्यक्ष समेत रहेका छन् ।

पाकिस्तानका धनाढ्य शरिफ परिवारका शहवाज दुई दाजुहरुभन्दा धनी मानिन्छन् । नवाज शरिफ त पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भैसकेका व्यक्रि हुन् । पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खान लगायतले अदालतमा मुद्दा हालेका थिए । सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा नवाज शरीफलाई दोषि ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो ।