काठमाडौं – पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १९ जनाको पीसीआर विधिबाट र १ हजार ८ सय ४९ जनाको एन्टीजेन विधिबाट गरिएको नमुना परिक्षणमा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएर घर फर्केका छन् भने हाल देशभर ७ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ७ सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोना सङ्क्रमित बिरामीहरुमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । हाल नेपालमा कोरोना भाइरसका सङ्क्रमितको कुल संख्या ११ लाख १८ हजार ६ सय ९२ पुगेको छ ।