मलङ्गवा – सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली हानेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलङ्गवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेलगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेता पनि गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगर निगमका ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।

गोलि लागेर गम्भीर घाइते भएका महतोको मलङ्गवास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए ।