काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनामा पीसीआर विधिबाट र १ हजार ४ सय ४९ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

जसमध्ये उपत्यकामा मात्रै काठमाडौँमा ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने भक्तपुर र लालितपुरमा शून्य रहेको छ मन्त्रालयको तथ्याङ्कले बताएको छ ।

आज बुधबार देशभरका अस्पतालमा उपचाररत कोरोनाका विरामीहरुमध्ये ५७ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किएका छन् भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन् । हाल देशभर ७ सय ६५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।