श्रीलङ्का – औषधिको चरम अभावका कारण श्रीलङ्कामा आज मङ्गलबारदेखि आपत्कालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन को आपत्कालीन कानुन लागू गर्न र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपत्कालीन समितिको बैठकपछि यो घोषणा गरिएको डेली मिररले जनाएको छ ।

जीएमओएका सेक्रेटरी डा. सेनाल फर्नान्डोले बिरामीको जीवन रक्षका लागि आपत्कालीन स्वास्थ्य अवस्था घोषणा गर्ने निर्णय लिइएको प्रतिक्रिया दिएका छन् । श्रीलङ्काका अखबारहरूले वर्तमान आर्थिक सङ्कट जारी रहे औषधिको अभाव भविष्यमा निकै गम्भीर अवस्थामा पुग्ने बताएका छन् । यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो ।

‘स्वास्थ्य सेवालाई अत्यावश्यक घोषणा गरेपछि सरकारले अत्यावश्यक औषधिको आपूर्ति मुलुकमै पु¥याउने व्यवस्था मिलाउनुपर्ने थियो,’ डा. फर्नान्डोले भने । त्यसैले आपतकालीन औषधि अभावको पूर्ण जिम्मेवारी सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने उनको भनाइ छ ।

कोलोम्बोमा व्यापक विरोध प्रदर्शन भएपछि शनिबार त्यहाँको सरकारले तीन दिन कर्फ्यू लगाएको थियो ।