काठमाडौं – केही दिनदेखि ओरालो लाग्दै आएको सेयर बजार परिसूचक नेप्से आज मङ्गलबार पनि घटेको छ । आज नेप्से परिसूचक थप ४६ दशमलव ४६ अङ्कले घट्दै २४ सय ५२ दशमलव ०६ अङ्कमा झरेको हो ।

यस दिन होटल तथा पर्यटन समूहको उपसूचक बाहेक अन्य सबै सूचकहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज यस समूहको उपसूचक ० दशमलव ५ प्रतिशतले मात्र बढेको छ ।

अन्यमा सबैभन्दा बढी आदर्श समूहको सूचक आज अधिकतम ३ दशमलव ६६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको २ दशमलव ९१ प्रतिशतले र फाइनान्स समूहको २ दशमलव ७२ अङ्कले घटेको छ ।
यस्तै हाइड्रोपावर समूहको सूचक २ दशमलव १ प्रतिशतले घटेको आज ट्रेड र बैंकिङ समूहको क्रमशः १ दशमलव ८६ प्रतिशत र १ दशमलव १५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

यस दिन दुई वटा लघुवित्त कम्पनी नेष्ठो र राष्ट्रिय उत्थानको सेयर मूल्यमा सर्किट लागेको छ भने यता इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले नै गुमेको छ । ४६ अङ्कले घटेको बजारमा आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।