काठमाडौं – बाँकेको कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११, बसपार्कस्थित होटेल ¥याडिसनबाट जुवातास खेलिरहेको अवस्थामा गए राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तीन लाख ६२ हजार ६ सय ५० रूपैयाँ नगद सहित पक्राउ गरेको जनाएको छ ।