काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा २ हजार ९ सय ४२ जनामा पीसीआर विधिबाट र २ हजार १ सय १७ जनामा एन्टिजेन विधिबाट गरिएको कुल परीक्षणमा ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सोमबार ८९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ८ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।