काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सोमबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।