काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंको चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले अपराह्न ४ बजे सम्बोधन गर्ने हुनुभएको हो ।

युवा सङ्घले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको सङ्घका सचिवालय सदस्य दुष्यान्त दाहालले बताउनुभयो ।