मुम्बई – १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १८० रन बनाएको थियो । लियाम लिभिङस्टोनले ३२ बलमा ६० रन बनाए । यस्तै, धवनले २४ बलमा ३३ रन बनाए । जवाफमा चेन्नईको टोली १८ ओभरमा १२६ रनमा सिमित भयो ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार बेहोरेको छ । मुम्बईमा गए राति पञ्जावले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो ।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए । पञ्जावका राहुल चाहरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो । पञ्जावका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए ।

चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए । जितसँगै पञ्जावले तीन खेलबाट दोस्रो जित निकाल्दै ४ अङ्क जोडेको छ भने चेन्नईले ३ खेलमा नै अङ्क जोड्न सकेन ।